+
+

नागरिकता बनाउन घुस माग्ने कम्प्युटर अपरेटर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १९:०५

२४ वैशाख, बर्दिवास । महोत्तरीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले घुस रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सिंहले नागरिकताको प्रमाणपत्र बनाइ दिन सहज गराई दिन बापत सेवाग्राहीसँग ४ हजार घुस रकम मागेका थिए ।

सिंहलाई बर्दिवास ल्याइदै गरेको र थप अनुसन्धान भैरहेको अख्तियार बर्दिवास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?