२५ वैशाख, काठमाडौं । तेस्रो संस्करणको पाथीभारा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । पुलिसले गण्डकीलाई २५-१५, २६-२४ र २५-१७ को सेटमा पराजित ग गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्मीले एपीएफलाई २५-२१, २५-२०, २०-२५ र २६-२४ को सेटमा पराजित गर्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने छन् ।
प्रतिक्रिया 4