Comments Add Comment

सर्वोच्च अदालतले मनायो कानुन दिवस

२६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले एक कार्यक्रम गरी बिहीबार कानून दिवस मनाएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायधीशलगायतको उपस्थिति थियो ।

नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । उक्त ऐनमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको दिनको २०४८ साल देखि हरेक वर्ष वैशाख २६ गते कानून दिवस मनाउने गरिन्छ ।

बिहीबारको कार्यक्रममा सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

कानुन दिवसले विधिको शासनको सुनिश्चितताका लागि सबैमा सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरे । र लगत्तै औपचारिक कार्यक्रम सकिएको घोषणा गर्दै जलपानका लागि आग्रह गरे ।

कानुन दिवसको अवसरमा बिहीबार एक सन्देशमार्फत प्रधानन्यायाधीश राणाले विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment