Comments Add Comment

हानको इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् सिर्जना

२६ वैशाख, काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)को अध्यक्ष सिर्जना राणा चुनिएकी छिन् । उनी हानको इतिहासकै पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक राणा हालसम्म हानकी उपाध्यक्ष थिइन् । बिहीबार भएको हानको ४६ औं साधारणसभाले उनलाई अध्यक्ष चुनेको हो ।
संघको प्रथम उपाध्यक्षमा विनायक शाह सर्वसम्मत भएका छन् । शाह यसअघि महासचिव थिए ।

हानमा ठूला होटल र साना होटलले पालैपालो नेतृत्व गर्ने गरेका छन् । यो पटक नेपालकै पहिलो पाँचतारे होटलकी कार्यकारी निर्देशक राणाले नेतृत्व सम्हालेकी छिन् ।
यसअघि साना होटलको तर्फबाट अमरमान शाक्य अध्यक्ष बनेका थिए । हानमा ३ सयभन्दा बढी होटलहरु आवद्ध छन् । हानमा मनोनितसहित २१ पदाधिकारी चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment