 
																			२६ वैशाख, काठमाडौं । काठमााडैंको सरकारी अस्पतालमा सुर्ती र चुरोट सेवन गरे अब ठाउँका ठाउँ कारबाही हुने भएको छ । शनिबारदेखि १० वटा सरकारी अस्पतालमा प्रहरी निगरानी बढाउने भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, गंगालाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, कान्ति बाल अस्पताल, सिभिल अस्पताल र प्रसुति गृहमा निगरानी बढाइने भएको हो ।
‘हामीले पहिलो चरणमा सरकारी अस्पतालबाट अभियान थालेका हौं’, नायब उपरीक्षक (डीएसपी) बोगटीले भने, ‘दोस्रो चरणमा निजी अस्पतालमा पनि यो अभियान चलाउाछौं ।’ उनका अनुसार सुर्तीजन्य पदार्थ सेवन गरेको भेट्ने वित्तिकै जरिवाना तिराइनेछ ।
‘पहिले पटक त माफी दिन्छौं । तर, दोस्रो पटकमा भने ५० रुपैयाँ जरिवाना गराइनेछ’, उनले अनलाइनखबरसाग भने, ‘त्यसपछि जरिवाना संख्या थप बढ्दै जान्छ ।’ उनका अनुसार सूर्तीजन्य पदार्थ ऐन, २०६८ बमोजिम कारबाही प्रक्रिया थालिएको हो ।
यसरी संकलित रकम नेपाल सरकारको राजश्वमा दाखिला गरिने डीएसपी राजेन्द्र पोखरेलले बताए । उनका अनुसार चेतनामुलक बोर्ड र पर्चाहरु पनि वितरण गरिनेछ ।
यो अभियान चलाउनुअघि अस्पतालका चिकित्सक, निर्देशक, वडा प्रतिनिधिसहित अन्य सरोकारवाला निकायसाग छलफलसमेत गरिएको थियो । अभियानमा अनुगमनका लागि समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत गठन गरिएको समितिलाई पनि परिचालन गरिनेछ ।
‘सिभिलियनको सहयोगमा यो अभियान चल्छ’, अभियानको काठमाडौं फोकल पर्सन पोखरेलले थपे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4