+
+
Shares

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ५:४३
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तहरुमा प्रस्तावित डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले । आज सुब्बा र वाग्लेको सुनवाइ गर्ने कार्यसूची छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिको बैठक आज बिहान सवा ११ बजे बस्दै छ ।
  • आजको बैठकमा निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ हुने कार्यसूची रहेको छ ।
  • समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ भोलि साउन १३ गते गर्ने निर्णय गरेको छ ।

१२ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरुमाथि परेका उजुरीहरु र कार्ययोजनाको अध्ययन गरिने छ । त्यससँग सम्बन्धित डकुमेन्टहरु समिति सदस्यहरुलाई इमेलमा पठाइएको सभापति थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?