News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।
- नेपाल सरकारले निर्वाचनका लागि ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्रदान गरेको थियो।
- आयोगले निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको र एक मतदाताबराबर २६३ रुपैयाँ खर्च भएको बताएको छ।
५ जेठ, काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार फागुन २१ को निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्रदान गरेको थियो ।
आयोगले निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न गरेको जनाएको छ ।
यस हिसाबले आयोगले एक मतदाताबराबर २६३ रुपैयाँ खर्च भएको बताएको छ । आयोगले फागुन २१ को निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4