Comments Add Comment

बर्षा पानीपुरी बेच्ने, विपिन ट्याक्सी चलाउने(भिडियो कुराकानी)

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’मा नायिका बर्षा राउत आफै काम गरेर परिवार पाल्ने महिलाको भूमिकामा छन् । चलचित्रमा उनलाई दर्शकले ‘सम्पदा’ नामक पात्रको भूमिकामा हेर्न पाउनेछन् । यता, नायक विपिन कार्की ट्याक्सी ड्राइभरको भूमिकामा छन् । उनलाई दर्शकले ‘फणिन्द्र’ नामक पात्रको भूमिकामा हेर्न पाउनेछन् ।

यी दुबै कलाकारले मिडियासँग चलचित्रको भूमिकामा रहेर कुराकानी गरे । ट्याक्सी चलाएर मिडियाको क्यामेरा अगाडि पुगेका विपिन र ठेला गाडामा पानीपुरी बेच्दै गरेकी बर्षाको कुराकानी रमाइलो थियो ।

कुराकानीको भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।


कुराकानीका क्रममा विपिनले चलचित्रमा काम गर्दा आफूले सेल रोटी खुबै खाएको बताए । उनले भने–‘चलचित्रमा बर्षाले ठेलामा सेल रोटी बेचेकी छिन् । मैले सेल रोटी खुबै खाएँ ।’ पानीपुरी बेच्दै गरेकी बर्षाले भनिन्–‘मलाई पानी पुरी मिठो बनाउन आँउछ । विशेषत, नुन अड्कल त खासै गाह्रो लाग्दैनँ ।’

चलचित्र भित्र के छ त, विपिन भन्छन्–‘यो सुन काण्डको कथा मात्र होइन । यसमा सुनको कथा एउटा पाटो मात्र हो । दर्शकले, यसपटक चलचित्रबाट पूर्ण रुपमा मनोरञ्जन पाउनेछन् । हामीले समिक्षकले के भन्छन् भनेर चलचित्र बनाएका छैनौ । दर्शकले डबल डोज चलचित्रमा पाउनेछन् ।’

यता, नायिका बर्षा राउतले पनि चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताइन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन र बर्षा श्रीमान्–श्रीमतीको भूमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment