
News Summary
Generated by OK AI. Editorially reviewed.- लण्डनमा 'विदेशमा नेपाली चलचित्रको बिकास र बिस्तार' विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।
- निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्र क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्।
- कार्यक्रममा बेलायतस्थित फिल्मकर्मीको क्षमता अभिवृद्धिका लागि चाँडै कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाइएको छ।
लण्डन । ‘विदेशमा नेपाली चलचित्रको बिकास र बिस्तार’ विषयक छलफल कार्यक्रम आयोजना यहाँ सम्पन्न भएको छ ।
नेपाल र बेलायतमा नेपाली सिनेमाको संवर्धन र प्रवर्धन, विकास, विस्तारको अवस्था, चुनौती र समाधानबारे छलफल केन्द्रित थियो ।
निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्र क्षेत्रको तथ्यांक प्रस्तुत गर्दै लगानी गर्न सुझाव दिए । निर्देशक दीपेन्द्र लामाले विदेशी लगानी र हुने विदेशबाट हुने रिकभरी अमृत समान हुने बताए ।
निर्माता संघका पूर्वअध्यक्ष आकाश अघिकारीले फिल्म क्षेत्रको अवस्था चित्रण गर्दै नेपाली फिल्मलाई माया गर्न आग्रह गरे । निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधानले विदेशमा फिल्म फेस्टिभल गर्नुपर्ने कारण प्रस्ट्याउँदै नेपाली फिल्मलाई माया गर्ने सबैजना एक ठाउँमा उभिनुपर्ने बताए ।
निर्देशक सगीता श्रेष्ठले छोटा फिल्ममा पनि लगानी गरि प्रवर्धन गर्न सकिने बताइन् । कलाकार शशी थापा सुब्बाले नेपाली चलचित्रकर्मीले बेलायतमा रहेका नयाँ कलाकारलाई पनि लगानी गर्नुपर्ने, प्रशिक्षण दिनुपर्ने र क्षमता अभिवृद्धिका कार्यक्रम राख्नुपर्ने धारणा राखिन् ।
त्यसो गर्दा बेलायतका फिल्मकर्मीमा आत्मविशस वृद्धि हुने र यहाँबाट लगानीको वातावरण बन्ने धारणा सुब्बाले राखिन् । बेलायतमा नेपाली फिल्मको अवस्थाबारे कार्यक्रम संचालक मनीष श्रेष्ठले जानकारी दिए ।
निर्देशक समाज बेलायत शाखाका अध्यक्ष सनमकुमार बैरागले कार्यक्रमको सभापतित्व गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) बेलायतका अध्यक्ष सन्जय कँडेल, अन्तर्राष्ट्रिय लाखे नाचका प्रवर्धक विनोद चिपालु , फिल्म ‘लाखे आजु’का निर्माता लगायत लगायत कलाकार, निर्माता सो अवसरमा सहभागी थिए ।
निर्देशक समाजका अध्यक्ष पराजुलीले चाँडै नै बेलायत रहेका फिल्मकर्मीको लागि क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा १९ जुलाईमा स्कटल्याण्डमा आयोजित निफ चलचित्र महोत्सव २०२५ मा सहभागी हुन पुगेका फिल्ममेकरलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया 4