Comments Add Comment

जनसेवी र स्वाभिमान लघुवित्तको आईपीओ खुल्यो

२७ बैशाख, काठमाडौं । जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओ शुक्रबारबाट बिक्री सुरु भएको छ । दुवै लघुवित्तको आईपीओमा पहिलो चरण अन्र्तगत ढिलोमा बैशाख ३१ गतेसम्म आवेदन गर्न सकिने छ । जनसेवी लघुवित्तले चार लाख ६३ हजार ३०० कित्ता र स्वाभिमानले एक लाख ९८ हजार ६१० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

जनसेवीको कुल आईपीओ मध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानी कोष र ७ हजार १४५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । जानसेवीको ४ लाख ३२ हजार ९९० कित्ता आईपीओमा सर्वसाधरणका लागि खुलेको हो ।

यस्तै स्वाभिमान लघुवित्तको कुल आईपीओ मध्ये ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि र ३ हजार ९३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । त्यस पछि बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन गर्न पाउने  छन् ।

आईपीओमा न्युनतम १० देखि बढीमा एक हजार कित्तासम्म आवेदन गर्न पाईने छ । निवेदनकर्ता धेरै र निष्काशित आईपीओ संख्या थोरै भएका कारण लगानीकर्ताले दुवै लघुवित्तको १० कित्ता सेयर हात पार्न पनि कठिन छ । दुवै लघुवित्तको आईपीओ मेरो सेयर भएकाहरुले अनलाईनबाट र आस्वा सुविधा प्राप्त सबै तथा वित्तीय संस्थाबाट निवेदन गर्न सक्ने छन् ।

आईपीओ जारी पछि जनसेवी लघुवित्तकको संस्थापक पूँजी ९ करोड ८० लाख र सर्वसाधारण समुहतर्फ चार करोड ६३ लाख पुग्ने छ । यस्तै स्वाभिमान लघुवित्तको पनि संस्थापकतर्फ चार करोड २० लाख र सर्वसाधारण तर्फको एक करोड ९८ लाख पूँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment