Comments Add Comment

सडक विवादपछि स्काभेटरमा आगजनी

२७ वैशाख, रौतहट । रौतहटको गुजरा नगरपालिकामा सडक बनाउने विषयमा विवाद भएपछि स्काभेटरमा आगजनी भएको छ ।

गुजरा नगरपालिका ६ को खतवहियामा बिहीबार सडक निर्माण गर्ने विषमा स्थानीय र निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनबीच विवाद भएको थियो ।

सोही राति निर्माण कम्पनीको स्काभेटरमा अज्ञात समूहले आगजनि गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए । घटना शंकास्पद रहेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment