Comments Add Comment

जावलाखेल ग्रूपअफ इन्डस्ट्रिज (जेजीआई) कोरेड रसियन बजारमा

२७ वैशाख, काठमाडौं । जावलाखेल ग्रूप अफ् इन्डस्ट्रिजले हाल नेपालीे बजारमा अत्याधुनिक रुसी प्रविधिद्वारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ ।

उक्त रेड रसियनको स्वाद उत्कृष्ट छ भने यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरू प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधिद्वारा उत्पादन गरिएको गुणस्तरीय पेयपदार्थ हो । रेड रसियन निट पिउनुका साथै विभिन्न ककटेलको रुपमा पनि पिउन सकिन्छ ।

क्लीयर स्प्रीट्सको पारखीहरूको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको हो, जो स्वाद र समिश्रणको एक अनुपम उदाहरण पनि हो । जावलाखेल ग्रुप अफ् इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘क्लीयर स्प्रीट्स विश्वकै एक अतिलोकप्रिय पेयहरूमा पर्दछ र हामी यस्ता गुणस्तरीय उत्पादनहरू बजारमा प्रस्तुत गर्दै आउने छौं । ब्लेन्डिङ एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुणस्तर, स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं ।’

जावलाखेल ग्रूप अफ् ईन्डस्ट्रिजका ग्रूप कार्यकारी निर्देशक शसिन जोशीका अनुसार जावलाखेल ग्रूप अफ् इन्डस्ट्रिजले आफ्ना उत्पादनहरूमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडि बढाउँदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधिद्वारा रेड रसियनको उत्पादन गरिएको बताए ।

हालबजारमा रेड रसियन ७५० मिलिको १ हजार, ३७५ मिलिको ५ सय, १८० मिलिको २ सय ५० रुपैयाँमा उपलब्ध हुने छन् । जावलाखेल ग्रूप अफ् इण्डस्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा बिक्रीवितरण र व्यवस्थापन गर्ने एक अग्रणी व्यापारिक समूह हो । जेजीआईले डिस्टिलरी, बु्रअरी, अनुसन्धान र वितरण युनिटको संयुक्त कार्यबाट विभिन्न मदिराजन्य पेय पदार्थका ब्रान्डहरू उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment