+
+
Shares

औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास, अत्यावश्यक बाहेकका सेवा ठप्प

घटनापश्चात् कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:४१

३१ भदौ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्कामाथि कार्यालयमै हातपातको प्रयास भएको छ ।

बुधबार बिहान करिब ११:३० बजे केही व्यक्तिहरू नगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरेर हुलहुज्जत गर्दै आफूमाथि हातपातको प्रयास गरेको नगरप्रमुख खड्काले बताए ।

घटनाका क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात भएको उनको दाबी छ । उनले घटनापछि पत्रकार सम्मेलन गर्दै हुलहुज्जत, तोडफोड, हातपात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य स्वीकार्य नहुने बताए ।

घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष पहिचान तथा अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न र तोडफोडबाट भएको सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धित पक्षबाट असुल तथा भरपाई गराउन नगर प्रमुख खड्काले सुरक्षा तथा प्रशासनिक निकायसँग माग गरेका छन् ।

घटनापश्चात् कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प गरिएको छ ।

नगर प्रमुख खड्काले कर्मचारी तथा जनप्रतिनिधिको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवाहरू ठप्प रहने उनले बताए ।

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गरी निर्भय वातावरणमा सेवा प्रवाह गर्ने अवस्था बनाउनसमेत सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?