Comments Add Comment

सुपरनोवाजले जित्यो ‘मिनी आईपीएल’को उपाधि

Photo Credit : IPL

२९ वैशाख, काठमाडौं । महिला टी-२० च्यालेन्ज अर्थात् मिनी आईपीएल क्रिकेटको उपाधि सुपरनोवाजले जितेको छ । भारतको जयपुरको सवाई मानसिंह मैदानमा भएको फाइनल प्रतिस्पर्धामा सुपरनोवाजले भेलोसिटीलाई ४ विकेटले हराएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको भेलोसिटीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । सुपरनोवाजले ६ विकेटको क्षतिमो १२५ रन बनाएर उपाधि जित्यो ।

सुपरनोवाजको जितमा कप्तान हरमनपि्रत कौरले ५१ रन बनाइन् । उनी प्लेयर अफ द म्याच भइन् ।

सुपरनोवाजलाई जितका लागि ४ बलमा ७ रन आवश्यक थियो क्रिजमा आइन् राधा यादव । उनले एक चौकाको मद्दतमा १० रन बनाउँदै टोलीलाई जित दिलाइन् ।

यसअघि भेलोसिटीको सुरुआत खराब थियो । शुन्य रनमै हेले म्याथ्युज आउट भइन् । डेनियल वाट पनि खाता नखोली आउट भइन् ।

एक समय भेलोसिटीको ५ विकेटको क्षतिमा ३७ रन मात्र थियो । तर एमेलिया केर र सुषमा बर्माले पारी सम्हाले । दुवैले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरे । केरले ३८ बलमा ३६ रन र सुषमाले ३२ बलमा ४० रन बनाए । भेलोसिटीको तर्फबाट छक्का हान्ने एकमात्र खेलाडि बनिन् सुषमा ।

टुर्नामेन्टमा सुपरनोवाजकी जेमिमा रोड्रिग्जले सबैभन्दा धेरै १२३ रन बनाइन् । उनी प्लेयर अफ द टुर्नामेन्ट भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment