Comments Add Comment

कांग्रेस एक भए कम्युनिष्ट समाप्त हुन्छन् : शशांक कोइराला

२७ वैशाख, बुटवल । नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस एकढिक्का भएको दिन कम्युनिस्ट समाप्त हुने दावी गरेका छन् ।

‘अहिलेसम्म कांग्रेस किन एक हुन सकेको छैन, म पनि अचम्म पर्र्छु, संसारमा लोप हुदै गएको कम्युनिष्ट नेपालमा मात्रै केही जिवित छ, अब हामी मिलेपछि त्यो सकिन्छ’ उनले भने ।

नेपाली कांग्रेस बुटवल उपमहानगरको सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै उनले कांग्रेसबाटै कांग्रेस हारेको टिप्पणी गरे ।
‘कांग्रेस हार्नुमा हामी सबै जिम्मेबार छौं,मैलेपनि जिम्मेबारी लिन्छु, टिकट वितरण केन्द्रबाट होइन स्थानीय स्तरबाटै हुनुपर्छ’ उनले भने । उनले देशको अवस्था निकै असहज भएको भन्दै कांग्रेस एक भएर देशको समस्या समाधानमा लाग्ने बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री र मन्त्रीहरुलाई सम्हालिएर बोल्न आग्रह गरे । उनले सञ्चारमन्त्री गोकुल बास्कोटालाई कांग्रेसको ‘जयनेपाल’ सहिद शुक्रराज शास्त्री र बिपी कोइरालाको जय नेपाल भएको भन्दै कांग्रेसलाइ कमजोर नठान्न चेतावनी दिए । उनले कांग्रेसले राणा, पञ्चायत,राजा समाप्त पारेको इतिहास रहेको भन्दै अब नेपालका कम्युनिष्ट समाप्त पार्ने चेतावनी समेत दिए ।

अर्का केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सरकारले १ बर्षसम्म केही राम्रा काम गर्न नसकेको भन्दै अब यसबाट कुनै समृद्धिको सपना पूरा नहुने दाबी गरे । केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाए । देशमा चनाचट्पटे बेचेझैं नागरिकता बेचेर समृद्धि हुन नसक्ने भन्दै उनले सरकारको कडा आलोचना गरे ।

महासचिव बिष्णु पौडलबिरुद्ध खेद प्रस्ताव पारित

नेपाली कांग्रेस बुटवल नगरको सम्मेलनले नेकपा महासचिव विष्णु पौडल बिरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले प्रतिवेदन पेश गर्नेक्रममा नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बालुवाटार जग्गा आफ्नो छोराको नाममा गराएको सुन्दा आफना जनप्रतिनिधिप्रति लज्जाबोध भएको भन्दै खेल प्रस्ताव पेश गरेका थिए ।

उनको प्रस्ताव उपस्थित कांग्रेस कार्यकर्ताले ताली बजाएर अनुमोदन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment