Comments Add Comment

क्रिकेट रंगशाला बनाउन अक्सफोर्ड कलेजको ७ लाख सहयोग

२७, वैशाख, चितवन । चितवनको रामपुरमा निर्माण हुने क्रममा रहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा नवलपरासी गैंडाकोटको अक्सफोर्ड कलेजले ७ लाख दिने घोषणा गरेको छ ।

कलेजका संस्थापक प्रिन्सिपल हरि भण्डारीले रंगशाला निर्माणका लागि कलेजका तर्फबाट ७ लाख रकम दिने भन्दै पहिलो किस्ता स्वरुप दुई लाख ३३ हजार रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

उनले कलेजमा विद्यार्थीहरुका तर्फबाट समेत केही रकम सहयोग गर्न चाहेको र त्यसका लागि प्रयास थालिएको जानकारी दिए । नेपालकै गौरवका रुपमा रहेको रंगशाला निर्माणमा सबै नागरिक र संघसंस्थाहरुले सकेको सहयोग गर्नुपर्ने भण्डारीले बताए ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले नागरिकहरुका तर्फबाट राष्ट्रिय गौरवको आयोजना निर्माण थालिएकोले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले मन फुकाएर सहयोग गर्न अपिल गरे ।

यसैबीच, प्याब्सन चितवनमा आवद्ध जिल्ला विद्यालयहरुले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसँग रंगशाला निर्माणका विषयमा छलफल गरेका छन् । रंगशाला निर्माणका लागि फाउण्डेसनले गरेको अपेक्षा तथा अन्य विविध विषयमा प्याब्सनले छलफल गरेको हो ।

प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईले रंगशाला निर्माणका लागि प्याब्सनमा आवद्ध विद्यालय, कर्मचारी, शिक्षक र विद्यार्थीका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment