+
+
Shares

भारतीय सुरक्षाकर्मीले रक्सी खाएर नेपाली प्रहरी कुटे

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७६ वैशाख २७ गते २१:५२

२७ वैशाख, काठमाडौं । भारतको विहार मिलिटरी पुलिसका अधिकारीले नेपाल प्रहरीका जवानलाई कुटेका छन् ।

गौर नगरपालिका–१ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानमाथि कुटपिट गरेका हुन् ।

घटनालगत्तै कुटपिटमा संलग्न ३ जना भारतीय सुरक्षा अधिकारीलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको खत्रीले बताए ।

मदिरा पिएर होहल्ला गर्दै होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो ।

चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन् ।

विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?