+
+
Shares

अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते १९:१०

२८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको छ । महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तराष्ट्रिय मिडिया मिसन बोलाउने बताए ।

संसदमा दर्ता भएको विधेयक हबहु कानुन बनेर आए नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले भोलिदेखि आन्दोलनमा उत्रिए बताए । ‘आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहँदै आएको अन्तराष्ट्रिय समुदायलाई हामी गुर्हाछौं,’ उनले भने, ‘हामी अन्तराष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँछौं ।’

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको महासचिव विष्टको दाबी छ । सरकारले ल्याएको विधेयक स्वीकार्य नहुने भन्दै उनले भने, ‘यदि यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने हामी नेपालका संचारकर्मीहरु यो कानुन मान्दैनौ । हामी यसको अवज्ञा गर्छौ । हामी कुनै हालतमा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हामी सम्झौता गर्दैनौं ।’

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रताका लागि फेरि सडकमा उत्रनुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?