+
+
Shares

कसले हाल्दैछ विश्व सम्पदा क्षेत्र स्वयम्भूमा क्रंकिटको गेट ?

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते १५:५०

२८ वैशाख, काठमाडौं । पशुपतिपछि विश्व सम्पदा सूचीमा सचीकृत स्वयम्भूमा पनि कंक्रिट प्रयोगको प्रयास भएको छ । स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले अवैध रुपमा गेट बनाउन सुरु गरेको हो ।

स्वयम्भूमा २०३२ सालामा सोही संस्थाले निर्माण गरेको प्रवेशद्वार २०७२को भूकम्पमा ढलेको थियो । तर, सोही ठाउँमा आधुनिक तवरले गेट निर्माण गर्न थालिएको छ । सो संस्थाले गेट निर्माणको लागि क्रंक्रिटकै प्रयोग गरेर हात्तिपाइले राखिसेकको छ ।

संस्थाले गेट निर्माणका लागि पुरतत्व विभागसँग कुनै अनुमति लिएको छैन । तर धामाधम गेट निर्माण अघि बढेपछि स्थानीयले त्यसो विरोध गरेका छन् ।

तर, संस्थाले भने २०३२ सालमा गेट निजमाृण्का लागि दिएको अनुमत पत्र देखाउँदै हाल धमाधम आधुनिक तवरबाट गेट हाल्न हालेको छ ।
विश्व सम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति नलिई कुनै पनि संरचना थपघट गर्न नपाइने नियम छ । विश्व सम्पदा क्षेत्रको गरीमा नै संकटमा पर्ने गरी गेट बनाउन नहुने स्थानीय प्रकाश अमात्यले बताए ।

‘त्यहाँ आधुनिक गेट हाल्दा सम्पदा क्षेत्रको महत्व त घट्छ नै, तलैबाट देखिने चैत्य लगायतमा पुरतात्वकि सम्पदा छेकिन्छ,’ अमात्यले भने ।
काठमाडौं महानगरपालिका-१५का वडा सदस्य आनन्द गौत पुरतात्विक मर्म विपरितको गेट बनाउन नदिने बताउँछन् । उनले जनस्तरबाट गुनासो आएपछि वडा कार्यालयले गेट निर्माण रोक्न निर्देशन दिइसकेको बताए ।

‘स्थानीय सरकार र पुरातत्व विभागलाई जानकारी नदिई र अनुमति नलिई त्यहाँ कुनै संरचना निर्माण गर्न पाइँदैन,’ उनले भने,’वडा कार्यालय यो कार्यको विरुद्धमा सशक्त ढंगबाट उभिन्छ ।’

उनले सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारसँग रहेको भन्दै जबरजस्ति काम अघि बढाए जनता नै त्यसको विरुद्ध उत्रने बताए ।
उनले काम रोकिईसकेको जानकारी दिँदै भने,’महानगरपालिकालाई छलेर सम्पदा क्षेत्रमा यस्तो निर्माणको काम हुन दिइने छैन ।’

उनले यसअघि बनेको गेट तिब्बतीयन शैलीको भएको भन्दै अब नेपाली मौलिक शैलीको गेट बन्न्ुपर्ने बताए । अब बन्ने गेट बलियो हुनुपर्ने भन्दै सदस्य गौतमले फेरि भूकम्पमा मानवीय क्षति गर्ने खालको गेट बनाउन नहुने बताए ।

प्रक्रिया नपुर्‍याई गेट निर्माण नगर्न वडाले सम्बद्ध संस्थालाई भनिसकेको जानकारी गौतमले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?