Comments Add Comment

बुटवलमा २ करोड लगानीमा खुल्यो अत्याधुनिक मासु प्रशोधन केन्द्र

१ सय ५० टन मासु स्टोरको क्षमता

२८ बैशाख,बुटवल । रामनगरमा सरकारी पशुबधशाला अलपत्र रहेको अवस्थामा बुटवलमा नीजि क्षेत्रको लगानीमा अत्याधुनिक कोल्ड स्टोर सञ्चालनमा आएको छ ।

१३ वर्षदेखि दानाउद्योग क्षेत्रमा स्थापित अन्नपूर्ण एग्रो इन्डस्टि्रज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक उपकरण जडित अटोमेटिक मासु प्रसोधन केन्द्र सहित कोल्ड स्टोर संचालनमा ल्याएको हो ।

अटोमेटिक मासु प्रसोधन केन्द्रमा जिउदो कुखुरालाइ प्रसोधनमा राखेपछि सबै प्रकृया पूरा हुदै बिक्रिका लागि मासु तयार बन्नेछ ।

धेरै भएको मासु १ सय ५० टन मासु स्टोर गर्ने क्षमता रहेको कोल्ड स्टोरमा अटोमेटिक पुग्दछ । सो मेसिनले १ घण्टामा १ हजार कुखुरा बध गर्ने सक्ने  छ । मासुलाइ माइनस ४० डिग्री तापक्रममा फि्रज गर्न सकिने छ ।

अन्नपूर्ण एग्रो ग्रुपले हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालि स्थापना गरेको हो । करिब ढेड करोडको मेसिन जडान गरिएको छ ।

सो समूहमा समुहमा राजकुमार पराजुली, धातानन्द कण्डेल, शंकर टण्डन, बम बहादुर गुरुङ, झविलाल भट्राई, नारायण पंगेनीको लगानी छ ।

भारतीय,जापानीज र जर्मनी प्रबिधिको उपकरण जडान गरिएको उक्त ईन्डष्ट्रिज करिव २ करोड रुपैयँ लागतको भएको एग्रो ग्रुपका अध्यक्ष शंकर टण्डनले बताए ।

साढे दुई कठ्ठा आफ्नै जग्गामा भौतिक संरचना निर्माण गरी उक्त स्टोर सञ्चालनमा ल्याइएको हो । ‘अहिले पहिलो चरणमा कुखुराबाट सुरुवात गरिएको हो, हामी देशभर शाखा खोल्छौं देशभर सप्लाइ गर्छाैं ’ उनले भने ।


अध्यक्ष टन्डनका अनुसार यस्तो प्रविधि जडान गरिएको उद्योग यस क्षेत्रमा पहिलो हो । उपभोक्ताहरुलाई स्वथ्य, सफा मासु उपभोग गराउने उद्धेश्य रहेको उनले सुनाए ।

भविश्यमा मासुका विभिन्न प्रशोधित बस्तुहरु निर्माण गरी बजारीकरण गर्ने समेत उद्धेश्य एग्रोको रहेको अर्का संचालक धातानन्द कँडेलले बताए ।

दाना उद्योग सञ्चालन गर्दै आएको समुहले  किसानहरुको लागि हाईब्रेड-उच्च गुणस्तरको) मकै उत्पादनको लागि सहयोग समेत गर्दै आएको छ । एग्रोले दैनिक डेढ सय टन दाना उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका विभिन्न स्थानका किसानहरुलाई मकै खेतीमा लगानी र बजारीकरणमा पनि किसानलाइ सहयोग गरेको छ  ।


ग्रुपले किसानलाई हाईब्रेड मकै उत्पादनको लागि प्राविधिक सहयोगदेखि लिएर उत्पादिक मकै  खरिद गरिदिने, कुखुराका  लागि चाहिने सबै प्रकृतिको दाना उत्पादन गरी कुखुरा पालक किसानलाई दिने र किसानबाट उत्पादित भएको कुखुरा सबै खरिद गरी मासु जन्य परिकार निर्माण गरी विक्रि वितरण गर्ने  गरी कार्यको सुरुवात गरिएको ईन्डष्ट्रिजका प्रोजेक्ट संयोजक डा. प्रकाश कँडेलको भनाई  छ ।

अर्घाखाँचीको सितगंगा नगरपालिकामा करिव ५० हजार बढि चल्ला उत्पादन गर्ने हृयाचरी समेत स्थापना गरी सञ्चालनको तयारी समेत गरिएको छ  ।

प्रबिधिबारे सबैको चासो

नीजि क्षेत्रले भित्राएको नया प्रबिधिको जानकारी लिन र यसबारे बुझ्न कोल्ड स्टोरमा  स्थानीयको भीड लाग्न थालेको छ ।

शनिबार सो मेसिनलाइ पहिलोपटक संचालन गरि कुखुरा बध गरिएको हो । कोल्ड स्टोरमा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment