+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
72/3 (11.2)
Shares

देउवासँग विश्वप्रकाशको प्रस्ताव : यही महिना विशेष र अर्को मंसिरमा नियमित महाधिवेशन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १२:३२

१२ मंसिर, काठमाडौं । नेपाली  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित र विशेष महाधिवेशन दुवै गर्न सकिने विकल्प सभापति शेरबहादुर देउवासँग राखेका छन् ।

सभापति देउवासँग बिहीबार साँझ भएको छलफलमा महामन्त्री उक्त विकल्प अघि सारेका हुन् ।

यसै महिना विशेष महाधिवेशन गर्ने र अर्को मंसिरमा १५औं महधिवेशन गर्न सकिने विकल्प महामन्त्री शर्माले राखेका हुन् ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वबाट चुनावमा जाने र त्यसपछि हुने नियमित महाधिवेशनबाट अर्को नेतृत्व चयन गर्न सकिने विकल्प महामन्त्री शर्माले अघि सारेका हुन् ।

कांग्रेसमा चुनावअघि वा पछि महाधिवेशन गर्ने विवाद छ । साथै, विशेष महाधिवेशनका लागि प्रस्ताव समेत दर्ता भएको छ । विशेष महाधिवेशनको एजेन्डामा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिको बैठक निरन्तर सरिरहेको छ ।

बिहीबारदेखि सभापति देउवासँग तीन शीर्ष नेताले छलफल सुरु गरेका छन् ।

महाधिवेशनका विषयमा बिहीबार सहमति जुट्न नसकेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र शर्माले आज पनि छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?