
३० वैशाख, काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।
नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयर पाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्रीकक्षको समुद्घाटन अग्नि ग्रुपका स्पेयर पार्ट प्रमुख युगल सिंहले गरेका छन् ।
कार्यक्रममा अग्नि ग्रुप डिलर नेटवर्कका अमित कुमार चौधरी लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीयहरुको सहभागिता समेत रहेको थियो । उद्घाटनसँगै जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ ।
यो स्पेयर पार्ट विक्री कक्ष यही वैशखा ३० गतेदेखि सञ्चालनमा आएको छ । कम्पनी केवल सवारी विक्री गर्ने तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4