+
+

‘वीर विक्रम २’को भव्य प्रिमियर, प्रतिक्रिया भने यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते ११:५८

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘वीर विक्रम २’को पर्पल कार्पेट प्रिमियर वुधबार कुमारी हलमा आयोजना गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको चलचित्र ‘वीर विक्रम २’लाई सुखद प्रतिक्रिया मिलेको छ ।

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रमा पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र हेर्नका लागि नायक भूवन केसी, शिव श्रेष्ठ, नायिका पूजा शर्मा, अनु शाह, रेबिका गुरुङ, पाइलट विजय लामा, कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, डान्सर तेरिया मगर, नायिका शिल्पा मास्के, गायक प्रमोद खरेल लगायत पुगेका थिए ।

चलचित्रले मित्रता र प्रेमको कथालाई भनेको छ । २ साथीको मित्रता र विचमा आउने यूवतीको वाधालाई चलचित्रले देखाएको छ । चलचित्र हेरेपछि नायक भूवन केसी र शिव श्रेष्ठले यसलाई राम्रो भने । उनीहरुले, मित्रता र प्रेमको कथालाई मिलन चाम्सले राम्रोसँग बुनेको बताए ।

यस्तै, चलचित्रका मुख्य कलाकारहरुले अब दर्शकको हातमा चलचित्र रहेको सुनाए । नायक पल शाहले आफूहरुले मिहिनेत गरेर काम गरेको भन्दै दर्शकको प्रतिक्रियाको प्रतिक्षा रहेको सुनाए । नायिका बर्षा सिवाकोटीले आफ्नो करिअरकै उत्कृष्ट चलचित्र भएको बताए ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?