Comments Add Comment

चिर्पटले हिर्काएर श्रीमतीको हत्या !

३ जेठ रामेछाप । लिखु तामाकोसी गाउँपालिका ३ मा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

५० वर्षकी धनकुमारी दमाईको हत्या आरोपमा ६१ वर्षका ६१ वर्षका निरबहादुर दमाईलाई पक्राउ गरिएको रामेछापका प्रहरी प्रवक्ता इन्सपेक्टर शेख अदालतले जानकारी दिए ।

घरमा खाना पकाइरहेका बेला निरबहादुरले श्रीमतीलाई उत्तिसको चिर्पटले टाउकोमा हिर्काएको प्रहरीले बताएको छ । प्रहरीले निरबहादुरमाथि अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment