+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

प्रदेशमन्त्री भन्छन् : जनप्रतिनिधि लगामविनाको घोडा भए

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १३:२६

७ जेठ, भोजपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु स्वार्थी बन्न थालेको भन्दै जनताको हितमा काम गर्न आग्रह गरेका छन् । पार्टीमा लामो समयसम्म छाएको अन्यौलताले उनीहरु लगाम विनाको घोडा भएको घिमिरेको भनाइ थियो ।

भोजपुरमा नेकपा पार्टी कार्यकर्ताहरुसँग भेटघाटको क्रममा मन्त्री घिमिरेले चुनाव जितेर जानेहरुमा स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई बेलैमा सच्याउन जरुरी रहेको टिप्पणी गरेका छन् ।सरकारले यो कार्यकाल राम्रो काम गरेर देखाउने हो भने अबको ५० वर्ष कम्युनिष्टकै राज हुने मन्त्री घिमिरेको भनाइ छ ।

मन्त्री घिमिरेले अब पार्टी एकता टुंगिसकेकाले हिजो को कहाँबाट आयो नभनी एउटै धार भएर नेता कार्यकर्ताहरु अघि बढ्नुपर्नेमा जोड दिए । सरकारको कामबाट कांग्रेस आत्तिएको टिप्पणी गर्दै उनले भने, ‘तलदेखि माथिसम्म जताततै नेकपाको वर्चस्व देखेर कांग्रेसमा कुण्ठा पलाएको छ, हामीले कुराले नभइ कामले जवाफ दिन सक्नुपर्छ ।’

कार्यक्रममा नेकपाका सचिव विमल खड्काले पार्टी एकीकरणले पूर्णता पाइसकेकाले अब गाउँगाउँसम्म जनतामाझ अभियान लिएर जानुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?