Comments Add Comment

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, आधा घण्टा ‘अब्जरभेसन’

८ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको पुष्टि गरे ।

प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको जोशीले बताए । सामान्यतः १५ मिनेट गर्दा पुग्ने ‘अब्जरभेसन’ आधा घण्टासम्म शिखरमै बसेर गरिएको हो ।

महानिर्देशक जोशीले भने, ‘हाम्रो टोलीले आज बिहान आधा घण्टासम्म चुचुरोमा बसेर अब्जरभेसन गरेको छ । १५ मिनेटमा गर्दा पुग्ने हो । आरटेन भन्ने उपकरणले आकाशमा घुमिरहेका स्याटेलाइटबाट आएका सिग्नलहरु रेकर्ड गर्छ । त्यस्ता किरण (रे)हरुलाई त्यसले भण्डारण गरेर राख्छ ।
यो पनि पढ्नुहोस कसरी नापिँदैछ सगरमाथाको उचाइ ? (भिडियोसहित) टोलीले हिउँ सतह र चट्टानी सतह दुवैका उचाइ मापन गर्दैछ । जतिबेला नापी विभागको एउटा टोली सगरमाथा शिखरमा थियो त्यतिनै बेला अन्य छ वटा स्टेशनमा पनि सोही उपकरणले काम गरिरहेको जोशीले बताए । ग्लोबल डेभिगेशन स्याटेलाइट सर्बे लगायतका सबै काम सगरमाथा शिखर र अन्य जमिनी सतहमा भइरहेका छन् ।

सरकारी टोली सगरमाथा शिखरमा पुगेर उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता लाग्ने भने होइन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने महानिर्देशक जोशीले बताए । जमिनमा गर्ने सर्बेको काम अझै एक दुई महिना लाग्ने उनले बताए । तर सिजनकै बेला सगरमाथा आरोहण गर्नुपर्ने भएकाले शिखरको मापनको काम सकिएको हो ।

कतिपय ठाउँमा हेलिकोप्टरबाट सर्बे गर्नुपर्ने हुन्छ । अहिले विभिन्न ठाउँमा नापी विभागको टोलीले ग्राभिटी सर्बे र त्रिकोणमितीय प्रविधिको सर्बे पनि गरिरहेको छ ।
यो पनि पढ्नुहोस सगरमाथामा ‘ट्राफिक जाम’ ! (भिडियो रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment