Comments Add Comment

अष्ट्रियाको सरकार ढल्यो, लोजर अन्तरिम काउन्सिलर

१४ जेठ, काठमाडौं । अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कुर्जलाई पदबाट हटाएको छ । प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव स्वीकृत भएपछि कुर्जको चान्सलर पद गुमेको हो ।

अष्ट्रियाको संसदमा कुल १८३ सदस्य छन् । जसमा ५१ सिट रहेको प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्स (एसपीओ) र ५२ सदस्य सांसद रहेको फार राइट फ्रिडम पार्टी (एफपीओ) ले कुर्जको विपक्षमा मत हाले ।

एफपीओ कुर्ज गठबन्धन सरकारको एउटा हिंसाका रुपमा रहँदै आएको थियो । सन् २०१७ मा कुर्जको राजनीतिक हित र स्वार्थसम्बन्धी विवादास्पद भिडियो बाहिरियो जसमा रुसकी एक धनाढ्य परिवारकी युवतीलाई अष्ट्रियन पत्रिकाको शेयर खरीद गरी पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्न आग्रह गरिएको थियो । यो भिडियो प्रकरणपछि एफपीओ राजनीतिक अन्योलमा परेको विश्लेषण हुँदै आएको थियो । यद्यपि, उसले कुर्जसँगको सम्बन्ध तोड्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत जायर गरेको छ ।

कुर्ज संसदबाट अस्वीकृत भएपछि अष्ट्रियाका राष्ट्रपति अलेक्सान्डर भान डेर बेलनले भाइस चान्सलर हर्टविग लोजरलाई अन्तरिम नेता नियुक्त गरेका छन् । उनी केही समयअघि मात्रै भाइस चान्सलरमा नियुक्त भएका थिए । अब उनैले अष्ट्रियाको कामचलाउ चान्सलरका रुपमा समेत भूमिका निर्वाह गर्नेछन् ।

एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति बेलनले संक्रमणकाल अन्त्य नभएसम्मका लागि केही मन्त्रीसमेत काममा रहने बताएका छन् । अष्ट्रियामा निर्वाचनको मिति तोकिएको छैन । यद्यपि, आउँदो सेप्टेम्बरका लागि चुनावको मिति तय हुनसक्ने अनुमान गरिएको छ ।

संसदबाट विश्वासको मत हासिल गर्न कुर्ज चुके पनि उनले अन्तरिम सरकारलाई साथ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment