+
+

ऋतिक र टाइगरको ‘फाइटर्स’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १३:०६

बलिउडमा राम्रो स्थान बनाएका नायकद्धय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दामा देखिदैछन् । एक्सन चलचित्रमा निकै रुचाइएका यी दुइले एकसाथ चलचित्रमा काम गरिरहेको कुराले केही समयदेखि मिडियामा स्थान पाइरहेको छ ।

यी दुइले काम गरिरहेको यशराज ब्यानरको नयाँ चलचित्रको नाम भने सार्वजनिक भएको थिएन । तर, अब यसको निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक गरेको छ । सिद्धार्थ आनन्दले निर्देशन गरिरहेको यो चलचित्रको नाम ‘फाइटर्स’ राखिएको छ । चलचित्रमा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ ।

गत सेप्टेम्बरबाट छायांकन सुरु भएको यो चलचित्रमा नायिका बाणी कपुरले दुई नायकसँग रोमान्स गरिरहेकी छिन् । यो चलचित्रलाई विभिन्न ६ वटा देशमा खिचिएको छ । नायक ऋतिक रोशनको ठूलो फ्यान हुन् टाइगर श्राफ । टाइगर श्राफ र ऋतिक बलिउडमा नृत्यमा अब्बल छन् । दुबैको सुगठित शरीरको चर्चा पनि खुबै हुन्छ । अब, यी दुइ ‘फाइटर्स’ले बलिउडमा कस्तो धुम मच्चाउने हुन्, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?