News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
- संसद् बैठक बस्ने स्थायी हलमा भित्री सजावट र प्राविधिक कामहरू भइरहेका छन्।
- नयाँ आर्थिक वर्षको बजेट स्थायी संसद् हलबाट सार्वजनिक गर्ने तयारी छ।
८ जेठ, काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण भएको छ ।
अहिले बैठक हलमा भित्री सजावटसँगै प्राविधिक कामहरू भइरहेका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छ ।
संसद बैठक बस्ने स्थायी हल अहिले निर्माणाधीन छ । यही स्थायी हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ ।
नयाँ संसद बैठक कक्ष नीलो रंगले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरु पनि नीलो रङ्गकै छन् ।
हेर्नुहोस् तस्वीरहरु–

प्रतिक्रिया 4