Comments Add Comment

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

२३ जेठ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ बर्षका नकुल रुम्बा तामाङ, मकवानपुर हेटौडा उपमहानगरपालिका १ बस्ने ३४ बर्षका रमेश लामा र हेटौंडा १० बस्ने ५० बर्षका अमितकुमार थापा पक्राउ परेका हुन् ।

जेठ २२ गते राति साढे ८ बजेतिर वीरगञ्ज महानगरपालिका १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकलको लक तोडेर चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment