Comments Add Comment

अष्ट्रेलियाको डार्बिनमा अन्धाधुन्ध गोली चल्यो, ४ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ  । दुईजना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली चलाउँदै हिँडेका थिए ।

अष्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘एक्कासी केही पड्केको जस्तो आवाज आउँदा त मलाई कतै  आतिसवाजी भइरहेको जस्तो भान भएको थियो,’ एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।

डार्बिनमा करिब ५ हजार नेपाली रहेका छन् । घटनामा कुनै नेपाली नपरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment