+
+
Shares

इजरायलबाट कृषि प्रविधि ल्याउन चाहन्छु : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १९:५१

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट कृषि प्रविधि ल्याउन चाहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको ‘मेरो काठमाडौं, म बनाउँछु’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ८० को दशकसम्म दुई छाक खान नसक्ने अवस्थामा रहेको बालुवाको देश इजरायलले ठूलो प्रगति गरेको बताए ।

‘समुन्द्र थियो, मर्‍यो । पिउने पानी छैन, समुन्द्रको पानी नुन छानेर पिउनुपर्छ’ भन्दै उनले छाला राम्रो छ भनेर त्यही समुन्द्रको नुन नेपालसम्म बेच्ने गरेको सुनाए ।

अस्ति बनेको देशबाट प्रविधि भित्र्याउने पर्ने अवस्था आएको भन्दै उनले भने, ‘एग्रिकल्चरल एक्सिलेन्ट सेन्टर हामी स्थापित गर्न खोज्दैछौं इजरायलबाट ल्याएर ।’

नेपालमा जनसंख्याको झण्डै दुई तिहाई कृषिमा अल्झिएको तर, उत्पादन कम रहेकाले कृषिमा आधुनिकिकरण र प्रविधि चाहिएको प्रधानमन्त्री ओलीले बताए ।

म बनाउन सक्छु भनेर अठोट नलिँदा देश अहिलेसम्म नबनेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, कुनै पनि देश अरुले आएर बनाइदिँदैन, आफूले बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?