Comments Add Comment

ट्रोलको बिषयमा नम्रताको जवाफ–‘आलोचना सुन्न तयार हुनुपर्छ’

पछिल्लो समयमा नेपाली कलाकारहरुको ट्रोल बढ्दो छ । कलाकारले बोल्दा, हिड्दा, तस्बिर खिचाउँदा ध्यान दिनु पर्ने अवस्था आएको छ । साना–साना कुरामा पनि ट्रोल हुन थालेपछि कलाकारहरु फेसबुकबाटै जवाफ फर्काइरहेका छन् ।

नायिका नम्रता श्रेष्ठले भने ट्रोलको बिषयमा फरक धारणा राखेकी छिन् । नम्रताले भनेकी छिन्–‘सबैको बिषयमा मैले बोल्न त मिल्दैनँ । सबैले फरक–फरक सोच्नुहुन्छ । तर, हामी कलाकार हौं । हामीले कुनै पनि कुरा तयार गर्दा त्यसको आलोचना र प्रशंसा दुबै सुन्न तयार हुनुपर्छ ।’

नम्रताले अगाडि भनिन्–‘हामीले केही पोष्ट गर्छौ भने त्यसको प्रशंसा र आलोचना दुबै सुन्न तयार हुनुपर्छ । हामीले जे पोष्ट गर्छौ त्यसमा राम्रो मात्र आउँछ भनेर सोच्नु गलत हो । आफूलाई मन परेको कुरा अरुलाई मन नपर्ने पनि सक्छ ।’
नम्रताले आफू कुनै पनि बिषयमा दुबै खालको प्रतिक्रियाका लागि तयार हुने समेत स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment