Comments Add Comment

उम्टिटीले बार्सिलोनालाई भने– अरु क्लबको अफर सुन्दिन

काठमाडौं । उदयीमान स्टार खेलाडी भित्र्याउने दोडमा रहेको बार्सिलोना आफ्नो टिममा ठूलो हेरफेर चाहन्छ ।

बार्सिलोनाले आयाक्सका १९ वर्षीय कप्तान म्याथिज डी लिट लगायतका खेलाडीमा नजर लगाउँदै आएको छ । स्यामुएल उम्टिटीसहित जस्पर सिलेसन, नल्सन सेमेडो, फिलिप काउन्टिन्हो लगायतका खेलाडी बेच्न चाहन्छ ।

तर, स्यामुएल उम्टिटीले भने यो सिजन बार्सिलोनामै रहने बताएका छन् । उनले बार्सिलोनालाई स्पष्ट पार्दै आफूलाई अन्य क्लबबाट आएको प्रस्ताव यो सिजन नसुन्ने बताएका छन् । क्लबबाट अघिल्लो सिजन खेल्ने उद्देश्य रहेको उम्टिटीले बार्सिलोनालाई भनेको मार्काले उल्लेख गरेको छ ।

यो सिजनमा दुई वटा घरेलु लिगको उपाधि र च्याम्पियन्स लिगको सेमिफाइनलसम्म आयाक्सलाई प¥याएका युवा स्टार खेलाडी डी लिटसँग सम्झौता नजिक बार्सिलोना पुगेको पनि मार्काले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment