Comments Add Comment

विश्वकप क्रिकेट : अष्ट्रेलिया की वेष्ट इन्डिज ?

२२ जेठ, काठमाडौं । विश्वविजेता अष्ट्रेलिया र वेष्ट इन्डिज क्रिकेटमा दुबै शक्तिशाली राष्ट्र हुन् । आ–आफ्नो पहिलो खेलमा जित हात पारेको यी दुई टिम विहीबार एक–अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो तीन बजेर १५ मिनेटमा अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । विश्वकपमध्येकै उत्कृष्ट खेल अष्ट्रेलिया र वेष्ट इन्डिजबीचमा हुनेछ ।

पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलिया दोस्रो खेलमा पनि वेष्ट इन्डिजलाई पराजित गर्दै अगाडिको यात्रा सहज बनाउन चाहन्छ । विश्वकपको उपाधि दाबेदार टिमको रुपमा हेरिएको अष्ट्रेलिया पछिल्लो समयमा निकै बलियो अवस्थामा छ । यता, वेष्ट इन्डिज पनि विश्वकपको उपाधि हकदार टिम हो ।

अष्ट्रेलियालाई पराजित गर्दै वेष्ट इन्डिज लगातार दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

को अब्बल ?

वेष्ट इन्डिज र अष्ट्रेलियाबीच एकदिवसीय क्रिकेट खेलमा भेट नभएको पनि करिब चार वर्ष पूरा भएको छ । यसअघि सन् २०१६ मा त्रिकोणात्मक सिरिजमा वेष्ट इन्डिज र अष्ट्रेलियाबीच भेट भएको थियो । जुन खेलमा अष्ट्रेलियाले ५८ रनले पराजित गरेको थियो ।

वेष्ट इन्डिजसँग खेलको पछिल्लो ५ खेलमध्ये अष्ट्रेलियाले चार खेलमा जित हात पारेको छ भने एक खेल वेष्ट इन्डिजको पक्षमा गएको छ ।

वेस्ट इन्डिज टिम ।

ब्याटिङ, बलिङ र फिल्डिङ अष्ट्रेलियाको राम्रो छ । यता, वेष्ट इन्डिजको भने ब्याटिङ बलिङ राम्रो भएपनि फिल्डिङ अष्ट्रेलियाको तुलनामा कमजोर छ ।

ओपनिङमा कप्तान एरोन फिन्च र डेभिड वार्नर आउँदा तेस्रो नम्बरमा उश्मान खवाजा र चौथो नम्बरमा स्टेभन स्मिथ आउने छन् । त्यस्तै, पाँचौंमा ग्लेन म्याक्श्वेल, छैटौमा मार्कुस स्टोइनिस आउने छन् । अष्ट्रेलियाका एकसे एक खेलाडी राम्रो ब्याटिङ गर्ने भएको हुदा ठूलो स्कोर बनाउन मुश्किल छैन ।

बलिङ लाइन पनि अष्ट्रेलियाको उतिकै राम्रो छ । मिचेल स्टार्क, एडम जाम्पा, नाथन लियोन, पट कुम्मिन्स र नाथन काउल्टर नाइल जस्ता बलर छन् भने ग्लेन म्याक्श्वेल र मार्कुस स्टोइनिस जस्ता अलराउण्डरले थप उर्जा दिने छन् ।

यता, वेष्ट इन्डिजको ब्याटिङ लाइन मजबुत रहेको छ । ओपनिङमा क्रिस गेल र साइ होप आउँदा डारेन ब्राभो, निकोलस पुरन, सिम्रन हिटम्यार, जासन होल्डर, एन्ड्रे रसेल, कार्लोस ब्राथवइट जस्ता ब्याट्सम्यान छन् ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment