Comments Add Comment

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई दियो २८९ रनको लक्ष्य

२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले वेष्ट इन्डिजलाई २८९ रनको लक्ष्य दिएको छ ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनाएको हो । अष्ट्रेलियाका लागि नाथान काउल्टर नाइलले ९२ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले राम्रो स्कोर बनाएको हो । उनले ६० बलमा ८ चौका र चार छक्का प्रहार गरेका थिए ।

त्यस्तै, स्टेभन स्मिथले ७३ रन बनाए भने एलेक्स क्यारीले ४५ रनको योगदान दिए ।

सुरुवात भने अष्ट्रेलियाको राम्रो हुन सकेन । १५ रन हुदा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले २६ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । ७९ रन हुदा पाँच विकेट गुमाएको अष्ट्रेलियाका लागि स्मिथ र नाइलले १०२ रनको साझेदारी गर्दै उकासेका थिए ।

बलिङतर्फ वेस्ट इन्डिजका कार्लोस ब्राथवोएटले तीन, एन्ड्रे रसेल, शेलडन कोटरेल र ओशेन थोमसले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment