+
+
Shares

पछि हटे म्यानपावर व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते २१:१८

२३ जेठ, काठमाडौं । सरकारले आफ्नो माग सुनुवाई नगरेपछि म्यानपावर व्यवसायी पछि हटेका छन् । विभिन्न माग राख्दै बिहीबारसम्म विदेशिने कामदारको टिकट नकाट्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको वैदेशिक रोजगार व्यवसायी संघले भोलिदेखि कामदारको टिकट काट्न सुरु गर्ने बताएको छ ।

एक सूचना जारी गर्दै संघले ततकाल अरु आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छैन । म्यानपावरले राख्ने धरौटीमा ब्याज पाउनुपर्ने, मर्जरमा जाने म्यानपावरलाई सुविधा सहुलियत दिनुपर्ने, मागपत्र प्रमाणीकरण सहज बनाउनुपर्ने लगायतका माग गर्दै व्यवसायी आन्दोलत थिए ।

गत जेठ १६ गतेबाट उनीहरुले कामदरको टिकट काट्न बन्द गरेका व्यवसायीले अब भने तत्काल कुनै आन्दोलनको कार्यक्रम नगर्ने भएका छन् ।

संघले टिकट नकाट्ने आन्दोलनले सरकारको ध्यानाकर्षण भएको भन्दै अझै पनि माग सुनुवाइ नगरे कडा आन्दोलनमा जाने चेतावनी भने दिएको छ ।

आन्दोलनमा गएको र टिकट नकाटेको भन्दै व्यवसायीहरुले बताइरहँदा यो रमदानको समयमा  ४८ हजार कामदार विदेश गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?