Comments Add Comment

रोहितको शतकमा भारत विजयी, तेस्रोपटक पनि हार्‍यो दक्षिण अफ्रिका

Photo Credit : GETTY IMAGES

२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

२२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । १४४ बलको सामाना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै महेन्द्रसिंह धोनीले ३४ रन बनाउँदा केएल राहुलले २६ रन बनाए । कप्तान विराट कोहली भने १८ रनमा आउट भए ।

बलिङतर्फ कागिसो रबडाले दुई विकेट लिए ।

यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएपछि भारतले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । यता, कागिसो रबडा भने ३१ रनमा अविजित रहे । त्यस्तै, रसिइ भान डेर डुसेनले २२ रन बनाए ।

दक्षिण अफ्रिकाको मध्यम स्कोर बन्नुमा क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै उकासेका थिए ।

बलिङतर्फ भारतका युजभिन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसपि्रत बुमराह र भुवनेश्वर कुमारले समान २-२ विकेट लिए ।

लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको अगाडिको यात्रा निकै कठिन भएको छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment