Comments Add Comment

हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

२ जिल्लाको जागरण अभियान स्थगित, प्रभावित क्षेत्रमा खटिने

२४ जेठ, काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ ।

कांग्रेसले शुक्रबार विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

साथै जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ ।

हावाहुरीबाट २ जनाको मृत्यु भएको छ । सय बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment