Comments Add Comment

६ खर्बको बन्यो भारतीय सफ्टवेयर बजार

प्रविधि जगतमा विश्वकै उदीयमान बजारको रुपमा रहेको भारतमा सफ्टवेयरको बजार तिव्र दरमा वृद्धि भैरहेको छ ।

चालु वर्ष सन् २०१९ मा भारतीय सफ्टवेयर बजारमा १३.७ प्रतिशतको वृद्धि भई ६ अर्ब १० करोड अमेरिकी डलरको बन्ने एक रिपोर्टले देखाएको छ ।

इन्टरनेसनल डाटा कर्पोरेसनको रिपोर्ट अनुसार सन् २०१८ को पछिल्लो ६ महिनामा एसिया प्रशान्त क्षेत्रको सफ्टवेयर बजारमा भारतको हिस्सा १२ प्रतिशत पुगेको थियो ।

रिपोर्ट अनुसार भारतीय कम्पनीहरुले वृहत डाटा तथा बिजनेस एनालिटिक्सको उपयोगमा वृद्धि गरिरहेको र यसबाट प्रतिस्पर्धी लाभमा बढोत्तरी भैरहेको छ । यसले प्रविधिको व्यवसायिक उपयोगमा वृद्धि हुनुका साथै क्लाउड सँग सम्बन्धित क्रियाकलापमा वृद्धि भैरहेको छ ।

आगामी दिनमा भारतीय कम्पनीहरुले एनालिटिक्स, क्लाउड कम्प्युटिंग तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी वृद्धि गर्ने दाबी पनि रिपोर्टमा गरिएको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment