+
+
Shares

ग्यास लिक भएर बारामा आगलागी, ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते ११:५८

२४ जेठ, वीरगञ्ज । बाराको डुमरवानामा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा ७ जना घाइते भएका छन् । एकै परिवारका दुई जनासहित ७ जना घाइते भएका हुन् ।घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साइमाया वाइबा, ३२ वर्षीया सुकमाया वाइबा घाइते भएका हुन् ।

घाइते मध्ये दिलमाया, सुकमाया र ज्ञानीमायाको अवस्था गम्भीर छ । उनीहरुलाई सिमरा स्थित अल्पाइन अस्पततालमा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

अन्य घाइतेको अल्पाइन अस्पतालमै उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना चोक स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिलिण्डरबाट ग्यास लिक भएको थियो । पछि ग्यास सल्काउन जाँदा आगालागी भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?