+
+
Shares

मलाई ‘किङ्ग’ चाहिदैनः परमिता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १२:०३

नायिका परमिता आर एल राणा अब गायिका पनि बनेकी छिन् । परमिताले सार्वजनिक गरेको ‘क्विन’ बोलको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । परमिता कोही पनि यूवती ‘क्विन’ हुनसक्ने बताउँछिन् । तर, ‘क्विन’ भैसकेपछि ‘किङ’को आवश्यकता पर्छ भन्ने नभएको उनले बताइन् । उनले भनिन्–‘किङ विना शासन गर्ने पनि धेरै छन् । मलाई पनि किङ चाहिएको छैन । म आफैमा पावरफूल छु । पूर्ण हुनका लागि अरु कसैको साथ चाहिदैन ।’

परमिताले आफ्नो गीतले पनि यूवती आफैमा शत प्रतिशत पूर्ण भएको सन्देश दिन खोजेको बताइन् । परमितालाई यो कुरा आफूलाई आफ्नो जिन्दगीले सिकाएको पनि बताइन् । उनले भनिन्–‘यो गीतमा पनि मैले आफू जस्तो छु त्यस्तै देखाउन खोजेकी छु । अरुले मलाई प्रस्तुत गर्न नसक्दा पनि मैले आफूले आफूलाई नै प्रस्तुत गरेकी हुँ ।’

परमिता अहिले चलचित्रको कथा लेख्दैछिन् । उनले गुनासो गर्दै भनिन्–‘मेरो अभिनयमा जती क्षमता छ, त्यो क्षमता मैले चलचित्रमा देखाउन पाएकी छैनँ ।’‘चपली हाइट २, रोज’ लगायतका चलचित्रमा अभिनय गरेकी परमिता मोडलिङमा अझै सक्रिय छिन् ।

 

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?