+
+
Shares

अफगानिस्तानलाई झड्का, शाहजादले विश्वकप गुमाए

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १२:३३

काठमाडौं । अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । घुँडाको चोटका कारण विकेटकिपर ब्याट्सम्यान शाहजादले विश्वकप क्रिकेटका बाँकी खेल गुमाएका हुन् ।

पाकिस्तानसँग भएको अभ्यास खेलमा शाहजादको घुडामा चोट लागेको थियो । तर घाइते भएपनि अष्ट्रेलिया र श्रीलंकाविरुद्ध खेलेका थिए ।

तर बाँकी खेल गुमाउने भएका छन् । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानका लागि यो ठूलो झड्का हो ।

उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान इक्रम अली खिललाई टिममा बोलाइएको छ । यसलाई आईसीसीको इभेन्ट टेक्निकल कमिटीले पनि स्वीकृति दिइसकेको छ ।

अफगानिस्तानले शनिबार न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?