Comments Add Comment

प्रदेशसभामा उठ्यो धरानको डेंगु प्रकोपको विषय

२४ जेठ, विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा धरानमा देखिएको डेंगुको संक्रमण बिषयले प्रवेश पाएको छ ।

प्रदेश सांसद उमिता विश्कर्माले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन ।

सांसद विश्कर्माले धरानमा स्वच्छ खानेपानीको अभाव रहदा डेंगुको संक्रमण संक्रमण फैलँदै गएपछि नियन्त्रण, रोकथाम र सतर्कताका लागि प्रदेश सरकारले तत्काल कदम चल्न पर्ने बताइन् ।

सांसद विश्कर्माले धरान उपमहानगरपालिका– १५ मा गत बैशाख ३१ गते देखिएको डेंगुले अहिले धरानका धेरै वडाबासी प्रभावित भएको सदन समक्ष जानकारी गराएकी थिइ्न ।

सुनसरीमा धरानमा तीन सातायता फैलिएको डेंगुको प्रकोप पछिल्लो समयसम्म आएर इटहरी,रामधुनीसगै मोरङमा पनि देखा परेको छ।यो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ ।

दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि प्रदेश सभाको सामाजिक विकास समितिले पनि तत्काल नियन्त्रणको कदम चाल्न यस अघि नै निर्देशन दिएको छ ।

सामाजिक विकास समितिकी सभापति सरिता थापासहितको टोलीले डेंगु प्रभावित क्षेत्रको अनुगमनपछि सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको हो ।धरानमा मात्रै १८५ जनामा डेंगुको संक्रमण देखिएको छ भने इटहरीमा २, रामधनुीमा २ र मोरङको सुन्दरहरैचामा १ जनामा संक्रमण देखिएको समितिको रिपोर्टमा उल्लेख छ ।

समितिले प्रकोप प्रभावित स्थानको स्थलगत अध्ययन पनि गरेको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत वैशाख ३१ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा ४४२ विरामी जँचाउन आएका थिए ।

जसमा १८५ जनामा डेंगु देखिएको थियो । तीमध्ये २६ जना अझै अस्पतालमै उपचार गराइरहेका छन् । एकजना गम्भीर बिरामीलाई विराटनगरमा सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment