Comments Add Comment

भिजिट नेपाल र नेपालमा लगानी बारे बेल्जियममा अन्तरक्रिया

२६ जेठ, वीरगञ्ज । बेल्जियममा ‘भिजिट नेपाल २०२० र नेपालमा लगानी’ सम्बन्धमा अन्र्तक्रिया भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र बेल्जियममा रहेका नेपाली समुदायबीच अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बेल्जियममा रहेका नेपाली समुदायले मुलुकको आर्थिक समृद्धिमा भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । उनीहरुले नेपालको समृद्धिका लागि नेपालमा लगानी गर्ने चाहना आफूहरुको पनि रहको जानकारी गराए ।

वीरगञ्ज तथा आसपासका क्षेत्रमा कृषि तथा अन्य संभावित क्षेत्रमा लगानी गर्ने आश्वासन उनीहरुले दिएका छन् ।

प्रदेश नं. २ ले नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले लगानी गर्न अझ उत्साहित बनाएको उनीहरुको भनाइ छ ।

मुलुककै आर्थिक र औद्योगिक राजधानी वीरगञ्जको भौतिक विकास तथा लगानी भित्र्याउन सकारात्मक भूमिका खेल्ने आश्वासन उनीहरुले दिएका छन् ।

अन्तरक्रियामा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरेकोले बेल्जियमका नागरिक तथा बेल्जियममा बसोबास गरिरहेका नेपालीहरुलाई नेपाल भ्रमणमा आउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा नेपाली उद्योगी व्यापारीहरुको टोली युरोप भ्रमणमा छ ।

टोलीमा वीरगञ्ज उद्योग वाणिज्य संघ सहित १५ जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अथवा बरिष्ठ उपाध्यक्ष सहभागी छन् ।

यसअघि शुक्रबार टोलीले फ्रान्सको राजधानी पेरिसमा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी भेटेका थिए ।

भेटका अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जको भौतिक विकास, वीरगञ्जमा इञ्जिनियरिङ्ग र टेक्निकल इन्स्टिच्युटको स्थापना, ट्रेड फेयर ग्राउण्ड, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र, श्रीसिया नदीमा वाटर ट्रिटमेन्ट प्लान्टको स्थापना, वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा लगानी, विशेष आर्थिक क्षेत्रको निर्माणमा सहयोग, संयुक्त लगानीका कम्पनीहरु स्थापना र नेपालमा विदेशी लगानी भित्रयाउन फ्रान्सेली सरकारसँग पहल गरिदिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment