Comments Add Comment

टोकियोमा ‘नेपाल-जापान डाइलग’को चौथो शृङखला

काठमाडौं । जापानको टोकियोमा ‘नेपाल-जापान डाइलग’ को चौथो शृङखला सम्पन्न भएको छ । जापानमा रहेका विभिन्न क्षेत्रका नेपाली विज्ञहरु र नेपाली राजदूतावास जापानको सहकार्यमा टोकियोको इचिगायामा चौथो शृङखला आयोजना गरिएको हो ।

कार्यक्रममा जापानको आइटी क्षेत्रमा कार्यरत नेपाली र जापानी विज्ञहरुबीच नेपालको आइटी प्रणालीको विभिन्न सुक्ष्म र बृहत तहका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले जापानमा रहने बिज्ञ नेपाली समुदायहरुसंगको भेटले हर्षित भएको र दूतावासले यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले अहिले सरकार ज्ञान, सीप र लगानी भित्र्याउन इच्छुक भएको भन्दै प्रवासमा रहेका विज्ञहरुलाई लगानी गर्न आहृवान गर्दै वक्ताहरुका सुझाव सरकारसमक्ष पुर्‍याउने बताइन् ।

कार्यक्रममा सहजकर्ता तोशिबा मेमोरी कर्पोरेशनका डा।कुमार बस्नेतले आइटी क्षेत्र नेपालको कुल ग्राहस्त उत्पादनको एउटा महत्वपूर्ण अंग भएको र नेपालले जापानसंगको सहकार्यमा भबिस्यमा यो क्षेत्रमा धेरै फड्को मार्ने सम्भावना रहेको बताएका थिए ।

पहिलो बक्ताका रुपमा टोक्यो इन्टरनेसनल युनिभर्सिटीका उपाध्यक्ष प्रा डा।जय राजासेकाराले नेपालको दिगो विकास नीतिहरु राम्रो भएकोले यसलाई  ब्यबहारमा उतार्ने पर्ने र सरकारी र निजी क्षेत्रको सहकार्य अझै बढाउन आबस्यक रहेको औंल्याए ।

नेसेनोल इन्स्ट्युट ओफ इन्फर्मेशन कोम्युनिकेसन टेक्नोलोजीका बरिस्ट अनुसन्धानकर्ता डा यासुनोरी ओवादाले दुर्गम क्षेत्रमा सूचना पुर्‍याउनको लागि नेर्व नेट प्रबिधि उपयुक्त हुने सुझाव दिए ।

नेसेनोल इन्स्ट्युट ओफ इन्फर्मेशन कोम्युनिकेसन टेक्नोलोजीका अनुसन्धानकर्ता डा। बेद काफ्लेले ५जी प्रविधि विकासका लागि अत्याबस्यक रहेको बताए ।

दोस्रो सत्रका प्रथम बक्ताका रुपमा कोजी कोनोउचिले मौसम सम्बन्धी जानकारी दिन आइटीको प्रयोग बारेमा प्रस्तुति राखेका थिए ।

जीगजीपका अध्यक्ष ताएसुके फुकुनोले आफ्नो कम्पनीले १ डलरमा सीपीयु र १५ डलरमा बालबालिकाको लागि कम्प्युटर बनाउने हुनाले यो प्रबिधि नेपालमा उपयुक्त हुने सुझाए ।

आभाष मास्केले नेपाल सरकार र क्युशु युनिवेर्सिटी ओफ टेक्नोलोगीको सहकार्यमा विकास गरिएको नेपालको प्रथम भू-उपग्रह विकास कसरि सम्भब भयो र भबिस्यमा एसले गर्न सक्ने सम्भावना बारेमा चर्चा गरे ।

बिसेष बक्ताको रुपमा रहेका नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका माहानिर्देशक गोकर्णमणि दुवाडीले भिडियोमार्फत बोल्दै आफ्नो विभागमा भूमि व्यवस्थापनको लागि आइटी प्रविधिको प्रयोग गरिरहेको बताउदै एसले पारदर्शितामा सहयोग पुर्‍याउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सबै बक्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै नेपालमा लगानी गर्न उचित वातावरण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment