Comments Add Comment

यस्तो बन्यो प्रभाष र श्रद्धाको ‘साहो’ टिजर

‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ ।

चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको यो अवतारले दर्शकलाई उत्साहित बनाएको छ । चलचित्रको कथावस्तुको बिषयमा टिजरमा खासै केही खुलाइएको छैन । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ ।

प्रभाषले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । अगष्ट १५ मा यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment