Comments Add Comment

पत्रकार थापालाई अमेरिकामा प्रेसिडेन्स सर्भिस अवार्ड

२७ जेठ, अमेरिका । पत्रकार सूर्य थापा अमेरिकाको प्रेसिडेन्स सर्भिस अवार्डबाट सम्मानित भएका छन् ।

समुदायका हितका लागि काम गर्ने व्यक्तिहरुलाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गर्ने गरिएको छ । अमेरिकामा रहेर पत्रकारिता गरिरहेका थापालाई नेपाली समुदायको हितका लागि गरेको कार्यको हौसला स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

पत्रकार थापालाई शिकागोमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच इलोनोइज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाटले अवार्ड प्रदान गरे ।

अवार्डमा ‘आफ्नो समुदाय र देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईंलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सक्रियताको शुभकामना गर्दछौं’ लेखिएको छ ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाइटले पत्रकार थापाको उज्ज्वल भविष्यको कामना गर्दै समुदायको हितका लागि थप सक्रिय हुन आग्रह गरे । जेशी ह्वाइट अमेरिकाको डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता हुन् ।

गुल्मी स्थायी ठेगाना भएका थापाले नेपालमा रहँदा टेलिभिजन तथा पत्रपत्रिका र टेलिभिजनमा पत्रकारिता गरेका थिए । ९ वर्षदेखि अमेरिकामा रहेका उनले यहाँ पनि पत्रकारितालाई निरन्तरता दिँदै आइरहेका छन् । ह्वाइट हिमाल टीभी हुँदै हाल कार्यक्रम यु स्टाट अगेनमार्फत् समुदायको हित र विकासका मुद्दालाई उनले उठाउँदै आएका छन् ।

अवार्ड प्राप्तिपछि खुशी ब्यक्त गर्दै थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment