Comments Add Comment

लोकसेवाको विज्ञापन रद्द गर तर, करारमा कर्मचारी नराख : कांग्रेस

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने बताएको छ ।

संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिको निर्देशनमा कांग्रेसको समर्थन रहेको बताएका छन् ।

तर करारमा कर्मचारी भर्ना गर्न नहुने बताए । संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्ना प्रक्रिया पुन सुरु गर्नुपर्ने र आवेदकहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment