Comments Add Comment

पोल्याण्डमा एक हजार सैनिक पठाउने ट्रम्पको घोषणा

३० जेठ, काठमाडौं । अमेरिकाले पोल्याण्डमा एक हजार सैनिक पठाउने भएको छ । पोल्याण्डका राष्ट्रपति आन्द्रेज डूडालाई भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार जर्मनीमा रहेको ५२ हजार सैन्य टुकडीबाटै सैनिक लगिनेछ, जोसँग ड्रोन र सैन्य हतियार हुनेछ ।
उनले पोल्याण्डमा स्थायी अमेरिकी सैनिक शिविर राख्ने वा नराख्नेबारे केही बताएका छैनन् ।

पोल्याण्डले सैन्य शिविर राख्नकालागि २०० करोड डलर लगानी गर्ने प्रस्ताव गरेको थियो । यतिसम्म कि राष्ट्रपति डूडाले उक्त बेसको नाम ट्रम्प फोर्स राख्न सकिने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले भने पोल्याण्डका राष्ट्रपतिको प्रस्तावमा अमेरिकाले चासो दिएको बताएका छन् । तर रुसले प्रतिक्रिया जनाउने भएकाले स्थायी शिविर राख्न हच्किएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment